ङादी ग्रुपले कमायो चार करोड ३२ लाख कमाई

Advertisement

काठमाडौंः ङादी ग्रुप पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड ३२ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा छ दशमलव ३८ प्रतिशतले नाफामा वृद्धि गरेको हो ।

गत वर्षको सोही अवधिमा ङादीले चार करोड छ लाख रुपियाँ कमाएको थियो ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपियाँ रहेको छ । यस्तै कम्पनीको जगेडा कोषमा चार करोड ४४ लाख रुपियाँ छ । क्मपनीले १२ करोड ५० लाख रुपियाँ लगानी गरेको छ ।

ङादी ग्रुपको प्रतिशेयर आम्दानी वार्षिक १० दशमलव ७६ रुपियाँ, मूल्य आम्दानीको अनुपात वार्षिक १८ दशमलव ४० गुणा रहेको छ ।

Advertisement

Advertisement

Advertisement