बैंकमा लगानी गर्ने भनेको राष्ट्र सेवाको लागि हो, धन कमाउने हो भने अरु व्यापार गरे हुन्छ

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बैंकमा लगानी गरेर नाफा धेरै खोज्न नपाइने भन्दै नाफा धेरै कमाएर धनी हुन छ भने अन्य व्यापार व्यवसाय गर्न सल्लाह दिएका छन् ।

मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको एकीकृत कारोबार शुभारम्भका क्रममा आइतबार उनले बैंकमा अरु क्षेत्र जस्तो धेरै प्रतिफल खोज्न पाइँदैन भने । गर्भनर नेपालले बैंक वित्तीय संस्थामा भएको लगानी जनताको भएकोले यसलाई व्यक्तिगत फाइदाको लागि जथाभावी लगानी नगर्न पनि खबरदारी गरे ।

उनले भने, ‘जनताको पैसा तलमाथि भयो भने राष्ट्र बैंक चुप लाखेर बस्दैन ।’ चाँडै धैरै फाइदा निकाल्ने तर्फ नलाग्न पनि नेपालले सल्लाह दिए । उनले पुँजी वृद्धिको निर्णयले समस्याग्रस्त बैंकहरुले समेत मर्जरमा भएर आफ्नो वित्तीय अवस्था सुधार गर्ने अवसर पाएको भन्दै आफ्नो निर्णयको बचाउ गरे ।

उत्पादन र निर्यात बढने क्षेत्रमा लगानी गर्न बैंक वित्तीय संस्थालाई आग्रह गर्दै गर्भनर नेपालले अब राजनीतिकसँगै नीतिगत स्थायित्वसमेत सुरु भएकोले कृषिमा लगानी गर्दा राम्रो हुने बताए ।

Advertisement

Advertisement

Advertisement