हुम्डे विमानस्थल सञ्चालन गर्न आग्रह

Advertisement

मनाङः दुर्गम जिल्ला मनाङमा रहेको एकमात्रै हुम्डे विमानस्थल सञ्चालनमा ल्याउन मनाङवासीले सरकारसमक्ष अनुरोध गरेका छन् ।

विमानस्थल स्तरोन्नति भएको आठ वर्षसम्म कुनै पनि विमानले उडान नभरेको भन्दै उनीहरुले सेवा सञ्चालनका लागि आग्रह गरेका हुन् ।

सरकारले दुर्गम पहाडी जिल्लामा एक जिल्ला एक हवाईमैदान निर्माण गर्ने भनी बजेट वक्तव्यमा उल्लेख गरे पनि व्यवहारमा लागू नगरेको भन्दै उनीहअरूले सरकारको आलोचनासमेत गर्न थालेका छन् ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विमान सेवा सञ्चालनको योजना राखे पनि विमानस्थल निर्माण नगरिएको स्थानीय समाजसेवी साङ्दो लामाले बताए । उनले मनाङी जनताको समृद्धि र प्रतिष्ठासँग जोडिएको विमानस्थल बन्द हुँदा जनता र पर्यटकले सास्ती खेप्नुपरेको र मनाङी जनतामाथिको अपमान भएको बताएका छन् ।

करोडौँ रुपैयाँ खर्चेर आठ वर्षअघि नै स्तरोन्ति र कालोपत्रे गरी बाह्रै महिना विमान अवतरण गर्न सकिने हुम्डे विमानस्थलमा हालसम्म सरकारी तवरबाट वा व्यावसायिक हिसाबले कुनै पनि जहाज अवतरण नभएको स्थानीयवासी कान्छा गुरुङले बताए ।

बेँसीशहर–चामे र चामे–खाङ्सार सडक निर्माणका कारण यात्रु कम भएको भन्दै वायु सेवा प्रदायक कम्पनीहरुले उडान भर्न छाडेको स्थानीयवासीले बताए । स्थानीय विनोद गुरुङले हप्ताको एक दुई दिनमात्रै विमान कम्पनीले उडान भर्ने हो भने यात्रु सजिलै पाइने बताए ।

अन्नपूर्ण पदयात्राको मूल मार्ग मानिने मनाङमा नियमित उडान नहुँदा समस्या भएकाले सरकारी तवरबाट पनि विमानस्थल सञ्चालनको पहल गरिरहेको प्रतिनिधिसभाका सांसद कर्म घलेले बताए । उनले वायु सेवा प्रदायक कम्पनीलाई हप्ताको एक दुई दिनमात्रै भए पनि उडान भर्न आग्रह गरिरहेको बताए ।

Advertisement

Advertisement

Advertisement