सगरमाथा इन्स्योरेन्सको मुनाफा १७ करोड

Advertisement

काठमाडौंः सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड दुई लाख रुपियाँ मुनाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा १८ दशमलव ५३ प्रतिशतले वृद्धि गरेको हो ।

५३ करोड ८२ लाख रुपियाँ चुक्ता पूँजी भएको कम्पनीले ३८ करोड ८३ लाख रुपियाँ जगेडा कोषमा र बीमा कोषमा ४८ करोड ८७ लाख रुपियाँ राखेको छ । कम्पनीको आम्दानी १८ दशमलव ५६ प्रतिशतले बढेर २८ करोड १२ लाख रुपियाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३१ दशमलब ६३ रुपियाँ, प्रतिशेयर नेटवर्थ दुई सय ७१ दशमलव ४८ रुपियाँ, तरलता अनुपात ३ दशमलब २७ गुणा र पिई अनुपात ४० दशमलव ०३ गुणा रहेको छ ।

Advertisement

Advertisement

Advertisement