जनउत्थान सामुदायिकको नाफा ६ प्रतिशतले गिरावट

Advertisement

काठमाडौंः जनउत्थान सामुदायिक लघुवित्त विकास बैकले तेस्रो त्रैमाससम्ममा एक करोड १४ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा ६ दशमलव ६६ प्रतिशतले घटेको हो ।

दुई करोड ८८ लाख रुपियाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा चार करोड तीन लाख रुपियाँ राखेको छ । बैंकले निक्षेपमा २१ करोड दुई लाख रुपियाँ संकलन गरेको छ भने कर्जामा ८४ करोड १० लाख रुपियाँ लगानी गरेको छ ।

बैंकको निष्कृर्य कर्जा एक दशमलव ३५ प्रतिशत, पुँजीकोषको अनुपात आठ दशमलव ६६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ५२ दशमलव ८७ रुपियाँ, मुल्य आम्दानीको अनुपात ४६ दशमलव ३४ गुणा, प्रतिशेयर नेटवर्थ २३९ दशमलव ५८ रुपियाँ र तरलता अनुपात ६ दशमलव ०८ प्रतिशत रहेको बैंकले जनाएकोछ ।

Advertisement

Advertisement

Advertisement