सेयर बजारमा अझै सुधार आएन, नेप्से दोहोरो अंकले घट्यो

Advertisement

काठमाडौंः यो साता कारोबार सुरु भएको पहिलो दिन आज सोमबार सेयर बजार सुखद रहेन । आज सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले झरेर एक हजार ३३८ कायम भएको छ । नेप्से १० दशमलव २८ अंकले गिरावट आएको हो ।

त्यस्तै, कारोबार ४२ करोड ५१ लाखको भएको छ । आज होटल, उत्पादनमूलक र अन्यबाहेक सबै समूहको उपसूचकमा गिरावट आएको छ । उत्पादन समूहमा २५ दशमलव ६१ अंकले, होटल आठ दशमलव ६६ अंकले र अन्य समूह तीन दशमलव ६३ अंकले वृद्धि भएको छ ।

यस्तै, सबैभन्दा बढी बीमा समूह ६९ दशमलव ९६ अंकले विकास बैंक २६ दशमलव ९१ अंकले, लघुवित्त २२ दशमलव ५९ र जलविद्युत १५ दशमलव ५ अंकको गिरावट आएको छ । बैंकिङ, व्यापार, वित्त समूहमा पनि सामान्य गिरावट छ ।

Advertisement

Advertisement

Advertisement