सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

Advertisement

बुटवलःगएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने स्थानमा राति देखिनै पहिरोका कारण अवरुद्ध सडक झन्डै १४ घण्टापछि एकतर्फी खुलेको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन बिहान ७ बजेबाट दुई वटा डोजर र एउटा क्रेन प्रयोग गरिएपनि ढुंगासहितको पहिरो खसेको र पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुल्न ढिलाइ भएको हो ।

पहिरो खस्न रोकिएपछि अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुईतर्फी यातायात सञ्चालन हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement