महालक्ष्मी विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौः महालक्ष्मीविकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवन बीमा सेवा दिने उद्देश्यले बैंकासुरेन्सको सुरुवात गरेको छ ।

महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट कम्पनीको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावीभुक्तानीलगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement