औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरेकोमा महासंघले गर्यो उर्जामन्त्रीको प्रसंशा

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जामन्त्री, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई प्राप्त सफलताप्रति खुशी व्यक्त गर्दै औद्योगिक क्षेत्रमा यसअघि गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग व्यवसाय विस्तार, भएका उद्योग व्यवसायको निर्वाध सञ्चालन, उत्पादन प्रवद्र्धन तथा नया“ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक व्यवसायिक विकास, लगानी आकर्षणमा समेत मद्दत पुग्ने विश्वास लिएको छ ।

महासंघले नया“ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत उनीहरुले मागेका बखत सहजरुपमा उपलव्ध गराईदिने वातावरणका लागि पनि आग्रह गरेको छ । साथै, प्राधिकरणले विद्युत प्रसारणमा गुणस्तरीय विद्युत प्रवाह गर्नेतर्फ पनि विशेष ध्यान दिनुपर्ने सुझाव महासंघको छ ।

Advertisement

Advertisement

Advertisement