‘ग्लोबल साइबर सेक्युरटी समिट’ आउँदो साउन ११ देखि

Advertisement

काठमाडौंः इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।

‘बिल्डिङ ग्लोबल एलाइन्स फर साइबर रेजिलियन्स’ भन्ने मर्मका साथ आयोजना हुन लागेको समिटमा साइबर सेक्युरिटी र यससँग सम्बन्धित विभिन्न विषयका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धाता र पेशाकर्मीहरुको विशेष उपस्थिति रहने छ ।

‘पछिल्लो समयका साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटीसम्बन्धी विश्लेषण र निदानका विषयमा सम्ममेलनमा रुपमा छलफल हुने एनपीसर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले बताए । सम्मेलनमा प्यानल डिस्कसन, प्रेजेन्टेशनहरु, नेटवर्किङ सेसन, ब्रेनस्टोर्मिङ, किनोट स्पिच, वर्कसपलगायतका कार्यक्रम हुनेछन् ।

इन्फर्मेशन सेक्युरिटी एक्सपर्टहरुको टिमले स्थापना गरेको एनपी सर्टले नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनिकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement