प्रिमियर इन्स्योरेन्सको नाफा १३ करोड ३५ लाख

Advertisement

काठमाडौः प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म्ममा १३ करोड ३५ लाख रुपियाँ कमाएको छ । कम्पनी मुनाफामा गत वर्षको तुलनामा २९ दशमलब ५७ प्रतिशतले वृद्धि भएको हो ।

५८ करोड ४० लाख रुपियाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ७० करोड ४५ लाख रुपियाँ राखेको छ । जसको आम्दानी २२ करोड १७ लाख रुपियाँ रहेको छ । त्यस्तै, खर्चतर्फ आठ करोड ८१ लाख रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको जारी बीमालेख संख्या एक लाख ४६ हजार ६ सय ३२ वटा रहेको छ भने दाबी भुक्तानी संख्या तीन हजार ७८० वटा रहेको छ ।

Advertisement

Advertisement

Advertisement