विश्वकपका लागि नेइमारको नेतृत्वमा ब्राजिलले छान्यो २३ खेलाडी

Advertisement

एजेन्सीः विश्व फुटबलको महाशक्ती ब्राजिलले रसिया विश्वकप २०१८ को लागि २३ सखस्यीय टोलीको घोषणा गरेको छ । रसियाल विश्वकपको बलियो उपाधि दाबेदार ब्राजिलले नेइमारको नेतृत्वमा २३ सदस्यीय टोली छानेको हो ।

विश्वकपका लागि ब्राजिलले फ्रेन्च क्लब पीएसजीमा आबद्ध घाइते नेइमार पनि परेका छन् । उनीसँगै टोलीमा रोमाका एल्सिया, म्यान्चेस्टर सिटीका एन्डरसन र कोरियनथेन्सका क्यासियालाई गोल रक्षकमा छानेको छ ।

डिफेन्समा म्यानचेस्टर सिटीका डानियालो, फेग्नर, रियलका मार्सेलो, पीएसजीका थियागो सिल्भा र माक्युएन्होस, इन्टरमिलनका मिरान्डा र पेड्रो टोलीमा परेका छन् ।

ब्राजिलले मिडफिल्डमा रियल मड्रिडका कासेमिरो, सिटीका फर्नान्डिन्हो, बार्सिलोनाका पाउलिन्हो, सक्तरका फ्रेड, बेइजिङ ग्युआनका रेनाटो अगुस्टो, चेल्सीका विलियन, युभेन्ट्सका डुग्लास कोस्टा र बार्सिलोनाको फिलिपे काउटिन्हो छन् ।

साथै, फर्वाडमा पीएसजीका नेइमानर, सक्तरका टाइसन, सिटीका ग्याब्रियल जिसस र लिभरपुलका रोबर्टो फिरमिन्हो रहेका छन् । रसियामा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिता आगामी जुन १४ देखि जुलाई १५ सम्म चल्नेछ ।

प्रतियोगितामा विश्वभरका ३२ राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement