‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ मा

Advertisement

पोखराः नेपाल खेलकूद पत्रकार मञ्च कास्कीको आयोजना तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले बतास ब्रदर्श प्रालिको मुख्य प्रयोजनमा विभिन्न विधामा सम्मान दिन लागिएको बताए ।

उनका अनुसार लाइफटाइम अचिभमेण्ट अवार्ड प्रा डा वीरेन्द्रसिंह गुरुङ, वर्ष उत्कृष्ट खेल कास्की जिल्ला ब्याडमिन्टन संघ, वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी(क्रिकेट) र तिलकबहादुर पुन मगर (धनुकाँड) तथा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ विमला नेपाली (सितेरियो कराँते०, कमला पुन९हक्की० र केशरी आले मगर९धनुकाँड) लाई मनोनयन गरिएको छ ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा विवेक अधिकारी(एथ्लेटिक्स), बुद्धिमाया मगर (कबड्डी) र मेगबहादुर क्रेन(क्रिकेट) एवं वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे९शारीरिक सुगठन०, रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ(फुल कन्ट्याक्ट कराँते)लाई मनोनयन गरिएको छ ।

मनोनीतमध्येबाट प्रत्येक विधामा एक एक छनोट गरी सम्मान दिइने अध्यक्ष पाठकले जानकारी दिए । पत्रकार मञ्च कास्कीका सचिव रञ्जन अधिकारीका अनुसार मनोनयनमा पर्ने खेलाडी कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाएका छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्डका लागि ट्रफी, ताम्रपत्र र दोसल्ला, वर्ष खेलाडी पुरुषलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी र दोसल्ला तथा वर्ष खेलाडी महिलालाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्ला प्रदान गरिने छ । त्यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकलाई रु १५–१५ हजारसहित ट्रफी र दोसल्ला प्रदान गरिने अधिकारीले जानकारी दिए । वर्ष उत्कृष्ट खेल संघलाई १० हजार रुपियाासहित ट्रफी प्रदान गरिने छ ।

यस वर्षदेखि मञ्चले कास्कीमा रहेर कम्तीमा पाँच वर्ष निरन्तर खेलकूदलाई पर्यटनसँग जोड्दै समाचार लेख्ने पत्रकारमध्ये एक जनालाई १५ हजार रपियाँसहित सम्मान गर्न लागेको छ । सम्मान वितरण कार्यक्रमका लागि मञ्चका उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको मञ्चले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement