राष्ट्रिय बीमा कम्पनीको नाफा ४६ करोड

Advertisement

काठमाडौंः राट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६ करोड १३ लाख रुपियाँ नाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा ७६ दशमलव ५४ प्रतिशतले वृद्धि गरेको छ । सोही अवधीमा कम्पनीले २६ करोड १३ लाख नाफा कमाएको जनाएको हो ।

२६ करोड ६६ लाख रुपियाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा दुई अर्ब दुई करोड ५८ लाख रुपियाँ र बीमा कोषमा एक अर्ब ३० करोड ७४ लाख रुपियाँ जम्मा गरेको छ । कम्पनीको जारी बीमामा लेख संख्या ११ हजार नौ सय वटा पुगेको छ ।

प्रतिशेयर आम्दानी १७३ दशमलव ०१ रुपियाँ, प्रति शेयर नेटवर्थ आठ सय ५९ दशमलव ७७ रुपियाँ, मूल्य आम्दानी अनुपात ५६ दशमलव १२ गुणा र तरलता अनुपात ३ दशमलव ०८ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement