तत्काल त्रिवि सभाको बैठक बोलाउन प्राध्यापक संघको माग

Advertisement

काठमाडौंः त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले तत्काल त्रिवि सभाको बैठक बोलाउन माग गरेको छ । संघले मंगलवार पत्रकार सम्मेलन गरेर त्रिविका समस्याहरु समाधान गर्नको लागि तत्काल त्रिवि सभाको बैठक आह्वान गर्न सरकारसँग माग गरेको हो ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति योगेन्द्र नारायण बडबरियाले विगत सात वर्षदेखि गठन हुन नसकेको त्रिवि प्राध्यापकसंघको महाधिवेशन गर्न माग गरेका छन् ।

उनले विभिन्न बाहना देखाएर सात वर्षदेखि हाम्रो संघको नयाँ नेतृत्व चयन नगरिएकाले अबका केही दिनभित्रै नयाँ कार्यसमिति चयनको लागि त्रिविले भूमिका खेल्ने बताए । उनले तत्काल त्रिवि सिनेटको बैठक बोलाउन समेत माग गर्दै आफुहरुले दिएको सुझावलाई व्यक्तिको हवला दिदै त्रिविले हामीलाई नै प्रहार गर्ने काम गरेकाले यस्तो स्थितिमा के भन्ने ? भनेका थिए ।

यो कुनै वैचारिक संगठन नभई पेशागत संगठन भएको र संघका बारेमा विभिन्न भ्रमहरु छरेर संघलाई कमजोर बनाउन खोज्ने काम भएको बताए ।

त्यस्तै त्रिविका पूर्व भिसी एवम् प्राध्यापक संघका सभापति प्राध्यापक खगेन्द्र भट्टराईले विरासत बोकेको प्राध्यापक संघको शिर छिनाउने काम भएको टिप्पणी गरेका छन् । उनले आफु संलग्न भएको संघले नेपाली माटो र प्राप्त अधिकारमा धेरै योगदान दिएको बताए ।

प्राध्यापक भट्टराईले एक प्रसँग जोड्दै ज्ञानेन्द्र शाहको शासनकालमा लोकतन्त्रको पक्षमा वकालत गर्दै प्रजातन्त्रको बारेमा लोकतन्त्रको बारेमा आफुहरुले जहिले पनि एक कदम अघि लागेको बताए ।

कार्यक्रममा संघको उपत्यका समितिको तर्फबाट मिनभवन क्याम्पस बानेश्वका सभापति अरुण चौधरीले पनि जेठ दोस्रो हप्ताभित्र त्रिवि सिनेटको बैठक बोलाउन सरकारलाई माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ’का सभापति योगेन्द्रनारायण बडबरियाको लामो समयदेखि काज बिदा स्वीकृत नगरिएको भन्दै सङले आपत्ति जनाएको छ ।

Advertisement

Advertisement

Advertisement