बङ्गलादेश बैंकले एकै पटक थप्यो पाँच नयाँ शाखा

Advertisement

काठमाडौंः नेपाल बङ्गलादेश बैंकले पाँच नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटामा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।

पाँच शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बङ्गलादेश बैंकले ६७ शाखा, पााच एक्सटेन्सन काउन्टर, सात शाखा रहित घरदैलो बंैकिङ सेवा तथा ५१ वटा बाट सुविधा दिंदै आएको छ ।

Advertisement

Advertisement

Advertisement