मेरो पहिलो प्राथमिकता नेपाली क्रिकेटः सन्दीप लामिछाने

Advertisement

काठमाडौंः नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले फेसबुकमार्फत लाइभ दिँदै आफ्नो पहिलो प्राथमिकता नेपाल र नेपाली क्रिकेट भएको बताएका छन् ।

दिल्ली डेयरडेभिल्सले गरेको लाइभमा उनले जहिले पनि आफु नेपालीका लागि खेल्ने बताएका हुन् । सन्दीपले आइपीएलबाट आफुले धेरै कुरा सिकेको बताउँदै आफ्नो पहिलो प्राथमिक्ता नेपालनै भएको बताए ।

उनले नेपाली क्रिकेटका लागि आगामी दिनमा राम्रो प्रदर्शन गर्ने कोसिस गर्ने बताए । आइपीएलमा दिल्लीले कडा परिश्रम गरेको भन्दै आफुलाई आइपीएलमा छानेकोमा दिल्लीलाई धन्यवाद दिएका छन् ।

तर, राम्रो खेल्दा खेल्दैपनि प्रतियोगितामा दिल्लीले खेल हारिरहेको बताए । साथै, सन्दीपले नेपालको र भारतको क्रिकेट पिच फरक भएकाले नेपालमा जस्तो भारतमा बल टर्न नहुँने बताए ।

ब्याङलोरविरुद्ध ओपनिङमा ब्याटिङ गर्दा खुसी लागेको बताए । कोहलीकोविरद्ध बलिङ गर्न पाउनु ठुलो कुरा भएको उनले बताए । यस्तै पार्थिव पटेलको विकेट लिँदा अविस्मरणीय क्षण बनेको बताए ।

Advertisement

Advertisement

Advertisement