कुमारी बैंकको एकैपटक १० नयाँ शाखा विस्तार

Advertisement

काठमाडौंः कुमारी बैंकले एकैपटक नेपालका दुर्गम स्थानमा १० शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको भट्टेडाँडा, बैतडीको डीलासैनी, धादिङको सिद्धलेक, तनहुँको घिरिङ, रसुवाको आमाछोदिङ्गबो, स्याङजाको हरिनास, महोत्तरीको भ‘गाहा, गुल्मीको कालीगण्डकी, तनहुँको ऋषिङ्ग र उदयपुरको बेलकामा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले ती क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज तरकिाले बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको छ । बैंकले थप शाखाहरु विस्तार गरि आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।

कुमारी बैंकले यसअघि ७४ वटा शाखा, ६१ वटा एटिएम् तथा दुई वटा एक्सटेन्सन काउण्टरहरुमार्फत सेवा प्रदान गर्दै आएको छ । थप १० शाखासहित बैंकको कुल शाखा सञ्जाल ८४ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement