‘तरकारीको सिण्डिकेट पनि तोड्छु, किसान पेन्सन पनि दिन्छु’

Advertisement

काठमाडौंः कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने दावी गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लबममा उनले भने, ‘कृषकहरुलाई फाइदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ ।’

खनालले भने, ‘सिण्डिकेटबारे हामीले केही गर्नैपर्दैन् । कालिमाटी बजार अहिले जुनरुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको छ । त्यसलाई उत्पादन जसले गर्छ, त्यही किसानलाई दिने । कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने । किसानले सिधै पहिलो स्टेनशनबाट उठाएर उत्पादनहरु बजारमा ल्याउने गर्यो भने मलाई लाग्छ २० खरिद उपभोक्ताको ८० र बीचमा रहेको त्यो ४० के गर्ने ? भने सिण्डिकेट हटाउन त हटाउनैपर्छ । तर केही समय लाग्छ । सिण्डिकेट तोड्नैपर्छ ।’

आफूले कृषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उनले खुलासा गरे । खनालले भने, ‘किसान पेन्सन दिनुपर्छ । अनुदान दिनुपर्छ । गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ । अहिले २६ जिल्लामा वितरण हुँदैछ ।’ उनले सिधै किसानको खातामा जानेगरि पेन्सन पठाउने व्यवस्था गरिने जनाए ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘पार्टी एकताबारे अहिले बाहिर आशंका छ, तर हामी सबैखाले आशंका मेटाउँदै एकता हुन्छ ।’

Advertisement

Advertisement

Advertisement