काब्राले सम्पन्न गर्यो काठमाडौंमा टेक्निकल सेमिनार

Advertisement

काठमाडौंः भारतको प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनी काब्राले नेपालमा टेक्निकल सेमिनार सम्पन्न गरेको छ । कम्पनीले प्लाष्टिक तथा पाइप एवं ब्लोन फिल्म प्लान्टमा भएका आधुकिन प्रविधिका बारेमा ब्यवसायीलाई जानकारी दिने उद्देश्यले राजधानीमा सेमिनार सम्पन्न गरेको हो ।

कम्पनीले नेपाल लगायत ८५ देशमा करिब १४ हजार आफ्ना मेसिनहरु जडान गरिसकेको कम्पनीले जनाएको छ । काब्राले मेसिन जडानपछिका सम्पुर्ण मर्मत सेवा र स्पेयर्स पार्टस्को सेवा प्रदान गर्दै आएका छन् ।

कम्पनीले पिई पाइपस्को लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ मेसिनको लागि मेकानर, कोरुगरेटरस्को लागि युनिकोर लगायत विदेशी साझेदारी समेत रहेको छ । कम्पनीले डिप सिँचाईका लागि इजरायलसँग पनि सझेदारी गरेको छ ।

Advertisement

Advertisement

Advertisement