अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ता रद्द हुन सक्ने उत्तर कोरियाको चेतावनी

Advertisement

एजेन्सीः उत्तर कोरियाका नेता कम जोङ उनले अमेरिकाका राष्ट्रपति ट्रम्पसँग सिंगापुरमा हुने भनिएको शिखर वार्ता नगर्ने चेतावनी दिएको छ । दक्षिण कोयरया र अमेरिकाले जारी सैन्य अभ्यास रोक्न उत्तरको आग्रह नमानेपछि वार्ता रद्द गर्ने चेतावनी दिएको हो ।

तर, दक्षिण कोयरयाको रक्षा मन्त्रालयले भने उत्तरको आक्रोशको आधारमा सैन्य अभ्यास नरोकिने बताएको छ । ट्रम्प र किमबीच जुन १२ जुनमा सिंगापुरमा शिखरवार्ता हुने तय भइसकेको छ ।

शिखर वार्ता तय भएपनि दुई देशको सैन्य अभ्यासलाई लिएर फेरी कोरियाली प्रायदिपमा असान्तिको सम्भावना बढेको छ । उत्तर कोरियाले वाशिंगटनको एक पक्षीय रुपमा आणविक हतियार त्याग्न दबाव दिए ट्रम्पसँगको वार्ता नहुने बताएको छ ।

‘कोरियाली विदेश मन्त्रालयण्ले ट्रम्प प्रसाशनले उत्तरलाई कुनामा राखेर एकपक्षिए वार्ता गर्ने सोचमा भए त्यो असफल हुने बताएको छ । कोरियाले लिबिया शैलीमा आणबिक निशस्त्रीकरण आफुहरुलाई मान्य नहुने बताएको छ ।

मंगलवारदेखि उत्तर कोरियाले आफ्ना आणविक परीक्षण केन्द्र ध्वस्त गर्न सुरु गरेको थियो । केही महिनायत आश्र्चयजनक कुटनितिक घटनाक्रमको विकास भएपछि उत्तर र अमेरिकाबीचमा फेरी संका उत्पन्न भएको छ ।
मंगलबार मात्रै उत्तरले आफ्नो आणविक परीक्षण केन्द्र ध्वस्त बनाउन थालेको रिपोर्ट बाहिरिएको थियो।

Advertisement

Advertisement

Advertisement