मकालु एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला, दुवै चालक मृत

Advertisement

सुर्खेतः मकालु एयरको नाइन एन जेयु जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुधबार बिहान सम्पर्कविहीन भएको जहाजका दुवै चालकहरुको मुत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीको भनाई उदृत गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको जहाज दुर्घटनामा मृत्यु भएको छ ।

दुवैको घटनास्थलमै शव फेला परेको छ। मृतकको शव हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त भएको मकालु एयरको कार्गो जहाज सुर्खेतबाट सिमकोट जाने क्रममा दुर्घटना भएको हो । जहाज १२ हजार ८ सय फिटमा ठोक्किएर खसेर तीन टुक्रा भएको छ।

Advertisement

Advertisement

Advertisement