सन् २०१९ को डिभी लोटरीको नतिजा सार्वजनिक

Advertisement

काठमाडौंः अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी)को नतिजा सार्वजनिक गरेको छ । अमेरिकामा स्थायीरुपमा बस्नको लागि सजिलो उपाए मानिएको डिभी चिट्ठाको नतिजा मंगलवार साझ सार्वजनिक गरेको हो ।

सन् २०१७ को अकटोबर ज्ञ देखि नोभम्बर ३ सम्म खुलेको इडिभी फमको डिभी नतिजा युएस डिपार्टमेन्ट अफ स्टेट काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो । डिभीको माध्यमबाट अमेरिकाले विभिन्न देशबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिकामा बस्ने अनुमति दिन्छ ।

नेपालका हजारौं मानिसहरु उक्त डिभी प्रक्रियाको माध्यमबाट अमेरिकामा बसोबास गर्दै आइरहेका छन् । ब्युरो अफ काउन्सुलर अफेयर्सको वेबसाइटले डिभीको नतिजा गएराती नेपाली समय करिब १० बजे सार्वजनिक गरेको हो ।

ब्युरो अफ काउन्सुलर अफेयर्सको वेबसाइटमा गएर आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर हेर्न सकिने छ । आफ्नो नतिजा हेर्नको लागि शूल्क भने लाग्दैन् । डिभीको नतिजा कम्प्युटको प्रणलीबाट छानिने भएकाले यसमा कुनै बाह्य वा भित्रि प्रभाव रहँदैन ।

डिभीको नतिजा हेर्नको लागि याँहा क्लिक गर्नुहोसः https://www.dvlottery.state.gov

Advertisement

Advertisement

Advertisement