नेको इन्स्योरेन्सको नाफा २१ करोड

neco_insurance

काठमाडौंः नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड तीन लाख रुपियाँ नाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा ६३ दशमलव ३२ प्रतिशतले बढी नाफा कमाएको हो ।

इन्स्योरेन्सले गत वर्षको सोही अवधिमा १२ करोड ८८ लाख रुपियाँ नाफा कमाएको थियो । ७८ करोड ४१ लाख रुपियाँ चुक्ता पुँजी रहेको नेकोको प्रतिसेयर आम्दानी ३५ दशमलव ७७ रुपियाँ र प्रतिसेयर २३६ दशमलव १४ रुपियाँ छ ।

nic_asia

कम्पनीले ७२ करोड आठ लाख बीमा शूल्क आम्दानी गरेको छ । यस्तै पुर्नबीमा कमिसनमार्फत १२ करोड ४७ लाख रुपियाँ आम्दानी गरेको छ । कम्पनीले जगेडा कोषमा तीन करोड ५१ लाख रुपियाँ राखेको छ ।

नौ महिनाको अवधिमा ५६ दिन भएको सेयर कारोबारबाट १८ करोड ४ लाख रुपियाँभन्दा बढीको सेयर कारोबार भएको कम्पनीले जनाएको छ ।