युएस ब्राण्ड ह्विलपुलका सामान नेपाली बजारमा

Advertisement

काठमाडौंः ह्विलपुल कर्पोरेशनले केरोना ट्रेडलिङ्कसँगको सहकार्यमा आफ्ना उत्पादन नेपाल भित्र्याएको छ । कम्पनीले मंगलवार ट्रेडलिङ्कसँगको सहकार्यमा युएस ब्राण्डका घरायसी सामानहरु नेपाली बजारमा भित्र्याएको हो ।

ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ह्विलपुल थ्रि डि इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरे । यससँगै इन्भटर, एसि, डिप फ्रिज, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु नेपालको बजारमा आएको छ ।

केरोना ट्रेडलिङ्ककी व्यवस्थापन निर्देशक बेबी दाहाल चापागाईँले यी सामान सस्तो र गुणस्तरीय रहेका कारण उपभोक्ताहरुले मन पराउने बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका युव नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिमल्सिना, बैंकर्स अनिल शाह, कलाकारहरु झरना थापा, निर्मल शर्मा, आकाश अधिकारीका साथै उद्योगी व्यवसायी र पत्रकारहरुको पनि उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement