सेयर कारोबार झन खुम्चिदै, आज जम्मा २२ करोडको सेयर किनबेच

Advertisement

काठमाडौंः सेयर बजारमा पुनः गिरावट सुरु भएसँगै कारोबारमा पनि शिथिलता आएको छ । घट्दै गएको सेयर कारोबार बुधबार २२ करोड रुपियाँमा सीमित भयो ।

अघिल्ला दिनहरुमा लगातारजसो घट्दै आएको सेयर बजार सुचक नेप्से आज जम्मा चार अंकले सुधार आएको छ भने १५८ कम्पनीको सेयर किनबेच भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा ओमी माइक्रोफाइनान्स छ । उसको एक करोड ५६ लाख रुपियाँको सेयर किनबेच छ भने बाँकीको एक करोडभन्दा कम किनबेच छ ।

समूहगत कारोबारतर्फ जलविद्युत र उत्पादनूलकबाहेक सबै समूहमा सुधार छ । होटल समूहको उपसुचक दुई प्रतिशतभन्दा बढिले बढेको छ भने बाँकीको सामान्य सुधार छ ।

Advertisement

Advertisement

Advertisement