आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्टका सहायक महाप्रबन्धक केशबराज पौडेलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरुमार्फत आइएमई जनरल इन्स्योरेन्स प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत सोमेश्वर सेठ, नायब महाप्रबन्धक द्धय राजिव जैन र गिरिश कोहली साथै आइएमई जनरलर इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक द्धय शरण रेग्मी र पवन थापाको उपस्थिती रहेको थियो ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । बैंकका सबै ग्राहक महानुभावहरुले आफूले बैकिङ सेवा लिईरहेका बैंकको शाखामार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement