सीजी मोटोकोर्पद्वारा ट्राफिक प्रहरीलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

Advertisement

काठमाडौंः सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता सीजी मोटोकोर्पले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने छ ।

एक सय ८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पु¥याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक, श्री सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो ।

कार्यकारी निर्देशक करण चौधरीले देशको अटोमोटिभ क्षेत्रमा अग्रणी भएकाले सडक सुरक्षा आफुहरुको हाम्रो पनि जिम्मेवारी रहेको बताए । यहाँका सडकहरुमा ट्राफिक व्यवस्थापनका लागि हाम्रा ट्राफिक प्रहरीहरुले जिम्मेवारीपूर्व रेको कामहरु प्रशंसनीय भएको बताए ।

हाम्रा सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित गरिएको यस सिसि क्यामराको हस्तान्तरण हाम्रो ट्राफिक प्रहरीसँगको समन्वयमा गरिने विभिन्न कार्यहरुमध्येको एक हो ।

Advertisement

Advertisement

Advertisement