दुई करोड ६० लाख नक्कली नोटसहित राजधानीबाट छ जना पक्राउ

Advertisement

काठमाडौंः ठुलो परिणाममा नक्कली नेपाली नोटसहित महानगरीय प्रहरी परिसर काठमाडौंले छ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई छ करोड ६० लाख ६३ हजार रुपियाँ नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रहरीले फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङ लगायतलाई पक्राउ गरेको जनाएको छ । वाग्लेलाई राजधानीको नक्शालबाट पक्राउ गरिएको हो । वाग्लेले उक्त परिणामको रकम सुटिङको लागि जम्म गरेको प्रहरीलाई बताएका छन् ।

नयाँ बर्सपार्कबाट खटिएको महानगरीय प्रहरी टोलीले नक्कली नोटहरु गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरेको जनाएको छ । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलवार र बागबजारबाट बुधवार नक्कली नोट बरामद गरिएको हो ।

प्रहरीले बागबजारबाट नक्कली नोट छाप्ने कारखाना बागबजारमा भेतेको छ । आरोपितहरुले यस्ता नक्कली नोट विभिन्न तरिकाले प्रयोग गर्दै आइरहेका थिए ।

Advertisement

Advertisement

Advertisement