विमान दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

Advertisement

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।

आज बिहान सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एयरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुख व्यक्त गरे ।

विमान दुर्घटनामा ज्यान गुमाउने विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटना बढ्दै गएकाप्रति गम्भीर चिन्ता गरेका छन् ।

मुख्यमन्त्री शाहीले हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी दुर्घटना न्यूनीकरणको पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

Advertisement

Advertisement

Advertisement