एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा

everest_nepal

फाइल फोटो

सल्लेरीः सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् ।

विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

nic-asia

आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन आज मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्र्पक अधिकृत श्रेष्ठको भनाइ छ ।

गएको वैशाख ३० गतेदेखि आरोहण सुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका आठजना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए ।” सम्र्पक अधिकृत श्रेष्ठले भने, “तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन तर, चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।”