कुनै पनि वाणिज्य बैंकको उपस्थिति नभएको २७ स्थानीय तहमा एनआइसी एसिया पुग्यो

nic_asia_logo

काठमाडौंः कुनै पनि बाणिज्य बैंकको उपस्थिति नरहेको २७ स्थानीय तहमा एनआइसी एसिया बैंकले शाखा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकसँग आफूले प्रतिवद्धता जनाएका ३४ शाखामध्ये २७ मा शाखा स्थापना गरिएको सो बैंकले जनाएको छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच पुर्याउँदै सबैका तहका जनताको बंैकको रुपमा आफूले पहिचान बनाएर उच्चस्तरीय सेवा दिँदै आएको एनआइसी एसियाले जनाएको छ । बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, छ एक्स्टेन्सन काउण्टर, छ शाखारहित बैंकिङ सेवा पाँच हजार पाँचसय भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट रहेका छन् ।

united_cement

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा यो बैंक निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा अगाडि छ । एनआइसी एसियाले एक खर्ब ३५ अर्ब निक्षेप संकलन गरी एक खर्ब १० अर्ब रुपियाा कर्जा प्रवाह गरेको छ । हालसम्म यस बैंकमा ग्राहक संख्या करिब ११ लाख ५० हजार रहेका छन् ।