एमाले र माओवादी केन्द्रको एकता भोलि नै

Advertisement

काठमाडौंः एमाले र माओवादी केन्द्रबीच बिहीबार नै पार्टी एकता हुने भएको छ । दुई दलबीचको एकता प्रक्रियाप्रति अन्योलता र आशंका गरिएको बेला हतार हतार बिहीबार एकता गर्न लागिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हतारिएर नेपाल आएसँगै दुई पार्टीबीचको एकता तत्काललाई टर्ने अनुमान गरिएको बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाएक भोलि नै एकता गर्न तयार भएका हुन् ।

दुवै नेताले चार सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति गरेका छन । एमाले सचिव योगेश भट्टराईका अनुसार चार सय ४१ केन्द्रीय सदस्यमध्ये २४१ एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन्।

त्यसैगरी, दुई पार्टीका अध्यक्षले ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति गरेको ओलीले एमाले बैठकमा जानकारी गराएका छन् । स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहनेछन् ।

यसरी नै महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने सहमति भएको छ । पार्टीको चुनाव चिन्ह सूर्य र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमती भएको छ ।

Advertisement

Advertisement

Advertisement