कालीखोलाको पहिरो पन्छाइयो

Advertisement

चितवनः नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो बिहान ७ः४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ ।

Advertisement

Advertisement

Advertisement