एमाले मोओवादीबीच एकता आजै, दिउँसो ३ बजे नेपाल कम्युनिस्ट पार्टिको घोषणा गरिने

Advertisement

काठमाडौंः प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले एमाले र नेकपा माओवादी (केन्द्र)बीच आज नै एकता हुने बताएका छन् । उनले बल्खुमा आयोजित २५औं मदन–आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै आज एकता हुने बताएका हुन् ।

ओलीले पार्टिका सम्पुर्ण नेता तथा कार्यकर्तालाई आज ३ बजे प्रदर्शनीमार्गस्थित सभागृहमा दुई पार्टिको एकता कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । उनले एमाले र माओवादी जनमतको बलमा दमन गर्न नमई विकासको लागि गर्न लागेको बताए ।

कम्युनिस्टहरुले अब फुट्न बिर्सिएर जुट्न सुरु गरेको बताउँदै उनले दमनकारी हुन नभई विकासकारी बन्नको लागि एकता भएको बताए । सोही कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मदन भण्डारीको स्मृति दिवसमा पार्टि एकता गर्न पर्ने बताए ।

दुवै दलले आफ्ना कार्यलयमा केन्द्रिय कमिटिको बैठक बसि एकताको प्रारुपलाई औपचारिक रुपमा पारित गर्ने छन् । त्यसपछि दुवै दलको संयुक्त केन्द्रिय कमिटिको बैठक बसेपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सबै पक्रिया सुरु भएपछि राष्ट्रिय सभागृहबाट पार्टि एकताको घोषणा हुने छ ।

Advertisement

Advertisement

Advertisement