रुस विश्वकपका लागि इंग्ल्याण्डको २३ सदस्यीय टोली छनोट

Advertisement

एजेन्सीः अबको एक महिनापछि रसियामा हुन लागेको विश्वकप २०१८ फुटबल प्रतियोगिताको लागि इंग्ल्याण्डले २३ सदस्यीय खेलाडी छनोट गरेको छ । रुसमा हुने २१औं संस्करणको विश्वकपका लागि इंग्ल्याण्डले राष्ट्रि टोलीको छनोट गरेको हो ।

इंग्ल्याण्डका प्रशिक्षक साउथगेटले युरोपका उत्कृष्ट घरेलु लिगमा व्यवसायीक फुटबल खेली रहेका खेलाडीलाई छनोट गरेका हुन् । उनले आफुले छानेको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

छानिएको टोलीको डिफिेन्डरमा केल वाल्कर, जोन स्टोन्स, फिल जोन्स, ग्यारी काहिल, किरण ट्रिपिर, ड्यानी रोज, ह्यारी म्यागवाएर, एस्ले योङ र ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड छन् । यस्तै गोल रक्षकमा जोर्डन पिकफोर्ड, ज्याक बटल्यान्ड र निक पोप रहेका छन् ।

मिडफिल्डरमा एरिक डायर, जोर्डन हेन्डरसन, जेस लिनगार्ड, फाबियन डेल्फ, डेले अली र रुबेन लोफ्टस रहेका छन् ।

टोलीको फरवार्डमा ह्यारी केन, जेमी भार्डि, रहिम स्टर्लिङ, मार्कोस रासफोर्ड र ड्यानी वेलब्याक छन् । निक पोप, रुबेन लोफ्टस, ट्रनेट अलेक्जान्डर अर्नोल्डले पहिलो पटक इंग्ल्याण्डको टोलीमा स्थान बनाएका हुन् ।

Advertisement

Advertisement

Advertisement