म्याग्दीको तातोपानी कुण्डको कमाई सरस्वती माविको शिक्षकको तलब

Advertisement

बेनीः म्याग्दीको बेनीमा रहेको तातोपानी कुण्डको आम्दानी विद्यालयमा पढाउने शिक्षकलाई तलबमा खर्च गरिँदै आएको छ । प्राकृतिक रुपमा प्रख्यात म्याग्दीको बेनी नगरपालिकामा रहेको उक्त धार्मिक स्थलको कमाई स्थानीय सरस्वती माविका शिक्षकलाई तलबको रुपमा दिँइदै आएको हो ।

म्याग्दी नदीको किनारमा रहेको कुण्डमा धर्मावालम्बीलाई स्नान गरेबापत शूल्क लिइने बताइएको छ । नगरपालिकाले बिरामीले स्नान गरेवापत लिइएको शूल्क शिक्षकको तलब, भौतिक पुर्वधार जस्ता काममा लगानी गर्दै आएको छ ।

तातोपानि व्यवस्थापन समितिका अनुसार वार्षीक १६ लाख रुपियाँ शिक्षकको तलबमा खर्च हुने गर्छ । समितिले तातोपानीको कमाईको ठुलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गरिएको बताएको छ ।

सरकारले तोकेको तलबभत्ताका साथै खेल मैदान, भवन निर्माण लगायतका काममा करिब २३ लाख रुपियाँ बराबरको खर्च हुने गर्छ । उक्त तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रिक जस्ता विभिन्न प्रकारका रोगहरु निको हुने विश्वास गरिन्छ ।

Advertisement

Advertisement

Advertisement