एनसीसी बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौंः नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बंैकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम ले हस्ताक्षर गरे ।

सम्झौतापछि एनसीसी बैँकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा एभरेष्ट इन्स्योरेन्स बाट प्राप्त गर्न सक्नेछन् । साथै, उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु एनसिसि बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

Advertisement

Advertisement

Advertisement