मकवानपुरको हेटौंडामा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर

Advertisement

हेटौँडाः सामसङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ ईण्डियाका उपाध्यक्ष वाईवि वनलले गरेका हुन् ।

कम्पनीले आफ्नो १३औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको छ । यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

सर्भिस प्रमुख राजन भट्टराईले “ग्राहकहरु माझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिने” कुरा उल्लेख गरे ।

हेटौंडामा प्रारम्भ गरिएको यो पहिलो सर्भिस सेन्टरबाट मकवानपुर जिल्ला तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement