पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन

Advertisement

बुटवलः सिद्धार्थ राजमार्गको पाल्पा जिल्लाको सिद्धबाबा नजिकै गएको पहिलोले अवरुद्ध भएको सडक खण्ड एक तर्फी खुला भएको छ । गएराति गएको पहिरोले बुटवल–तानसेन सडकखण्ड केहीबेर अबरुद्ध भएपछि पुनः सञ्चालनमा आएको हो ।

राजमार्गको बुटवल र पाल्पाबीचको सडकखण्डको हेडबक्समा विहीवार राति १२ बजे पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोले सडक अबरुद्ध भएपछि बन्द भएको आवागमनमा आज विहानदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

डोजरेल पहिरो हटाएपछि सडक एकतफी रुपमा सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ । उक्त स्थानमा पहिरोले गत आइतवार पनि दुई दिनसम्म आवागमन अवरुद्ध भएको थियो ।

सडक पहिरोले अवरुद्ध गरेपछि पोखरा, गुल्मी, स्याङजा, अर्घाखाँची र पाल्पाकै विभिन्न स्थानबाट बुटवल जाने सवारी साधन रातिदेखि रोकिएका थिए ।

Advertisement

Advertisement

Advertisement