कृषकलाई ६० पम्पसेट र १५ वटा सिडबिन वितरण

Advertisement

कपिलवस्तुः कृषि विकास कार्यालय कपिलबस्तुले सहकारी खेती तथा साना सिंचाईका लागि ६० वटा पम्पसेट र १५ वटा सिडबिन हस्तानात्रण गरेको छ । साना सिंचाई निर्माणका लागि कृषि समूह र सहकारीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले जानकारी दिए ।

अनुदान प्राप्त गर्न यहाँका सयभन्दा बढी समूहले प्रस्ताव पेश गरेका थिए । कपिलबस्तु नगरपालिकाका मेयर किरन सिंह, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले कृषकहरुलाई ती सामाग्री वितरण गरिएको कार्यलयले जनाएको छ ।

सबै समूहलाई ५ हर्ष पावरको एक थान पम्पसेट, सेक्सन पाईप, चेकवाल र ३० हजारका दरले रकम वितरण गरिएको खाँले बताए । ती समूहको १५ प्रतिशत रुपियाँ समेत लगानी रहेको छ ।

विगतका बर्षमा अनुदान नपाएकालाई समेत प्राथमिकता दिएरसमुहको छनौट गरिएको जनाईएको छ । त्यस्तै, ब्यवसायिक कृषि उपजतर्फ कृषकहरुलाई उन्मुख गराउन सरकारी नीति अनुसार अनुदान दिईएको प्रमुख खाँले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement