सहारा विकास बैंकको नाफा ८७ लाख

Advertisement

काठमाडौंः सहरा विकास बैंकले चालु आर्थिकको तेस्रो त्रैमाससम्ममा ८७ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको नाफामा ३८ दशमलव ०१ प्रतिशतले गिरावट आएको हो ।

सात करोड २९ लाख रुपियाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा पाँच करोड ४२ लाख रुपियाँ राखेको छ । बैंकको निक्षेपमा ३८ करोड ४३ लाख रुपियाँ संकलन गरी कर्जामा ३८ करोड ३३ लाख रुपियाँ लगानी गरेको बैंकले जनाएको छ ।

बैंकको निष्कृय कर्जा ३ दशमलव ०६ प्रतिशत, पुँजीकोष अनुपात ३७ दशमलव ९४ प्रतिशत, प्रतिशेयर आम्दानी १५ दशमलव ९९ रुपियाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ १७४ दशमलव २६ रुपियाँ र तरलता अनुपात ३३ दशमलव ५९ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement