चिया निकासीमा भारतको अवरोध

Advertisement

इलामः चिया बिक्री गर्ने मौसममा भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएको छ । भारतको अवरोधपछि निर्यात गर्न लागिएको चिया काँकरभिट्टा भन्सारमा थन्किएको हो ।

भन्सार जाँचपास भइसकेको चिया पनि सीमापारी रोकिएको छ त्यस्तै, एक चोटी परीक्षण गरेको जाँच छ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्रावधान परिवर्तन गरेर भारतीय पक्षले प्रत्येक लटमा प्रमाण मागेपछि चिया निकासीमा अवरोध भएको छ ।

प्रत्येक लटमा चिया परीक्षण गर्नुपरेमा भन्सारमा कम्तिमा पनि १५ दिन चिया थुप्रिने बोर्डका प्रशासकीय अधिकृत देउकुमार सिगुले जनकारी दिए । यसरी नमूना परीक्षण गराउन कम्तिमा १५ दिन लाग्ने भएकाले व्यवसायीहरु मारमा परेका छन् ।

Advertisement

Advertisement

Advertisement