एनआइसी एसियाले ल्यायो ‘कृषि व्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ ब्याजदर जम्मा ५ प्रतिशत, सेवाशुल्क नलाग्ने

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले जेठ १ गतेदेखि ‘कृषि व्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । कृषि तथा पर्यटन क्षेत्रमा स्वव्यवसायलाई प्रवद्र्धन योजना बनाइरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले यी योजनाहरु ल्याएको बैंकले जनाएको छ ।

यी योजनाले कृषि तथा पर्यटन व्यवसाय वृद्धिमा थप टेवा पुर्याउने विश्वास बैंकको व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पूरा गरेका कृषि उद्यमीलाई सरकारको नीति बमोजिम पाँच प्रतिशत ब्याज अनुदानको लागि आवश्यक ब्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने जनाइएको छ ।

व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्डभित्र नपर्ने कृषि तथा पर्यटन ब्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको ब्यवस्था गरेको भन्दै एनआइसी एसियाले यसबाट सम्पूर्ण कृषि तथा पर्यटन ब्यवसायी लाभान्वित हुने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement