‘टुबोर्गओपन’मार्फत नेपाली कलाकार लाहुरे र बिपुलको 'डिप्लो' र 'मो'सँग सहकार्य

Advertisement

काठमाडौंः डेनिस ब्राण्ड टुबोर्गले ‘टुबोर्गओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ । पहिलो सांगीतिक अभियानको सफलतापछि ‘टुबोर्गओपन’ आयोजना गर्न लागिएको हो ।

यसले यस वर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकारहरुको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगीतीक ट्र«याकहरु बनाउने टुबोर्डको विश्वास छ ।

टुबोर्गओपनले अभियानको यस दोस्रो वर्षमा फेरि एकपटक उत्कृष्ट संगीतकारहरुसँग मिलि केही विशेष रचना गर्दैछ । एउटै विश्वव्यापी सन्देश भएको विश्वभरका प्रत्येक कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ गाउनेछन् ।

टुबोर्गको एसिया र युरोप भरिको प्रमुख बजारका कलाकारहरुले मानिसहरुलाई आफ्नै तरिकामा ‘ओपन टु मोर’ हुन पे्रेरित गर्नेछन् भन्दै टुबोर्डले यसले भरोसाको शक्ति र खुल्ला मनोवृत्तिले हामी सबैको जीवनको मूल्य बढाउँछ भन्ने कुरामा जोड दिने जनाएको छ ।

अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ अघिल्लो वर्षको अभियानमा सहभागी थिए । डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’सँग फेरि आएका छन् । उनीहरु मिलि‘स्टे ओपन’ नामक ट्र«याक रचना गरेका छन् । जसमा विश्वभरका कलाकारहरुलाई ‘ओपन टु मोर’ हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरि पुनःलेखन गर्ने निम्तो गरिएको छ ।

डिजे तथा गायक, ‘ईभान र्डोन’ रसियासँग काम गर्दैछन् भने, भारतसँग ‘विशाल डढलानी’ संलग्न भएका छन् । यसको सांगीतिक प्रभाव बलिउडदेखि इन्डि रकसम्म फैलिएको छ । नेपालमा दुई जना लोकप्रिय स्थानीय कलाकारहरुसँग सहकार्य गरिने जनाइएको छ ।

लोकप्रिय नेपाली र्यापर ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’ समकालीन लोकसंगीतका लागि चिनिन्छन् । गायक–गीतकार ‘लेभान्टे’ले इटालीमा हुने अभियानको नेतृत्व गर्नेछन् । चीन, बल्गेरिया र म्यानमारका बजारहरुबाट अन्य कलाकारहरु निश्चित हुन बाँकी नै छ ।

यस वर्षको अभियानबारे बोल्दै डिप्लोले भने, “टुबोर्गओपनको दोस्रो वर्षमा पनि सहभागी हुन पाउँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको थियो र ‘मो’ र म ‘स्टे ओपन’ ट्र«याकमा काम गरिरहेका थियांै । मानिसहरु धेरै अवस्थामा अन्तरमूखी स्वभावका हुन्छन् । यो ट्र«याक नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”

उनले थपे, “यस ट्र«याक यस अभियानलाई सुहाँउदो छ र विश्वभरका कलाकारहरु खुल्ला सोच हुनुपर्ने विचारलाई आफ्नो तरिकामा ढाल्न र आफ्नो धारणाहरु थप गर्ने सोच लिएर आइरहनु भएको छ जुन, यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष हो ।”

डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन्: “मेरो लागि तयार गरिने अन्तिम सांगीतिक ट्र«याकको यात्रा नै उत्कृष्ट रहेको छ । नयाँ चल्तीहरुको बारेमा खुल्ला रुपले साँच्दा हामीले कहिल्यै नमिल्ने भनेर सोचेका कुराहरु कहिले–काही राम्रोसँग मिल्न जान्छ । मलाई यस प्रक्रियामा अनुभव गर्न सकिने तथा शुरुमा आफूसँग भएको ट्र«याक पूर्णरुपले फरक देखिने पक्ष मन परेको छ । म निकै उत्साहित छु ।”

आफ्नो उत्सुक्ता व्यक्त गर्दै लाउरेले भने, “टुवोर्गले सधैं नेपालमा सांगीतिक सहकार्य र कार्यक्रमहरु गरिरहेको छ र मैले उहाँहरुसँग धेरै स्थानीय कार्यक्रमहरुमा काम गरेको छु । यस पटक टुबोर्ग ओपनले विश्वभरको संगीतकारहरुलाई एउटा ओपन अन्तर्राष्ट्रि«य मञ्चमा ल्याएको छ । टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोरका लागि टुबोर्ग इन्टरनेशनलसँग केही नयाँ रचना गर्दैछौं ।”

बिपुलले थपे, “टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरेसँगको शानदार सहकार्यमा सहभागी हुन पाउँदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुल्ला सोच बनाउनु हो जुनबिना हामी कला सिर्जना गर्न सक्दैंनौ । मेरो लागि टुबोर्ग ओपन कोलाब्रेशन्, सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो । संगीत भनेकै नयाँ कुराहरु सिक्नु र नयाँ विचारहरु खोज्नु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरुसँग सहकार्य गर्न पायांै र टुबोर्ग ओपनमा सहभागीहुनपाउँदामलाई सम्मानितभएको महसुस भएको छ ।”

उक्त विश्वव्यापी ट्र«याकको ११ मे २०१८ मा रिलिज भएको थियो । स्थानीय ट्र«याकहरु भने जुनमा रिलीज हुने जानकारी दिँदै टुबोर्डले यसमा विश्वव्यापी र स्थानीय कलाकारहरुको आफू ‘ओपन टु मोर’ भएको यात्राको कथा हुनेछ । यस अभियान अन्–प्याड र डिजिटलका साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानीय कलाकारहरुको साथ लाईभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिनेछ ।

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाईरेक्टर बैभव शर्मा भन्छन, “हामी टुबोर्ग अन्तर्राष्ट्रि«य ‘डिप्लोे’ र ‘मो’लाई यहाँका स्थानीय कलाकार ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’सँग टुबोर्ग ओपन गानामा सहकार्यको लागि घोषणा गर्न पाउँदा निकै उत्साहित भएका छौं । यो हाम्रो कलाकारहरुको लागि ठूलो अवसर हो । टुबोर्ग नेपालको लागि यो सहकार्य निकै अविस्मरणीय रहने छ ।”

Advertisement

Advertisement

Advertisement