गैरआवासीय नेपाली संघ र नेपाल मेडिसिटि अस्पतालबीच सहमती

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ र नेपाल मेडिसिटि अस्पतालबीच सहमतीपत्रमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष भवन भट्ट र मेडिसिटिका अध्यक्ष डा उपेन्द्र महतो तथा संघकी उपाध्यक्ष सपीला राजभण्डारीले सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् ।

महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् । सहमतिअनुसार मेडिसिटि अस्पतालले संघका पंजिकृत सदस्यहरु एवं नीजको परिवारलाई सेवा शुल्कमा केही छुट दिनेछ ।

संघले पंजिकृत सदस्यहरुलाई (रिड्यवल कुइक रेस्पोन्स (क्युआर कोर्ड)सहितका कार्डहरु उपलब्ध गराएको छ । हस्ताक्षर कार्यक्रममा अध्यक्ष भट्टले मेडिसिटिसँग सुरुवातदेखि चलेको सम्बन्धलाई औपचारिकता दिने काम गरेको भन्दै मेडिसिटिले छोटो समयमा नै विश्वसनियता आर्जन गर्न सकेको बताए । उनले नेपाललाई पर्यटन र स्वास्थ्यको केन्द्र बनाउन सकिनेसमेत धारणा राखे ।

भट्टले संघका सदस्यहरुलाई सहुलियत दिने सम्झौताको सुरु नै गैरआवासीय नेपाली अभियानका प्रवद्र्धकको प्रतिष्ठानबाट सुरु भएको भन्दै दुई संस्थाहरुबीच अझ गहिरो सम्बन्ध हुने बताए ।

डा उपेन्द्र महतोले गैरआवासीय नेपाली जस्तै एक नेपाललाई स्वास्थ्य मुलुक बनाउने अभियानमा मेडिसिटि लागेको र सँगसँगै अघि जानुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमा नै उपलब्ध गराउने र अन्य स्वास्थ्य संस्थाहरुलाई पनि सेवास्तर सुधार गर्न सघाउने उद्देश्यले नेपाल मेडिसिटि स्थापन गरिएको उनले बताए । महतोले स्वास्थ्य प्रतिष्ठानमा विरामी भएपछि होइन स्वस्थ रहँदा नै आएर आफू स्वस्थ भएको प्रमाण लिन र पछि लाग्न सक्ने रोगबाट बच्न आगह्र गरे ।

Advertisement

Advertisement

Advertisement