धादिङमा राष्ट्रिय क्यानोनिङ महोत्सव हुँदै

Advertisement

धादिङः नेपाल क्यानोनिङ एसोसिएसनले थाक्रे गाउँपालिकामा  क्यानोनिङ महोत्सव (रेन्देभू) आयोजना गर्ने भएको छ । यस गाउँपालिकाको वडा नम्बर ६ स्थित रानी झरनामा छाँगावरोहण गर्न लागिएको हो

जेठ २० देखि २४ गतेसम्म तालिम गराई २५ र २६ गते क्यानोनिङ महोत्सव गर्ने एसोसिएसनले जनाएको छ । एसोसिएसनले यसअघि सन् २०११ मा पहिलोपटक क्यानोनिङ महोत्सव आयोजना गरेको थियो ।

पर्वतीय पर्यटनको विकास र प्रवर्द्धन गर्ने लक्ष्यसहित हरेक वर्ष छाँगावरोहण कार्यक्रम गरिंदै आएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा महोत्सव गर्न लागिएको हो। महोत्सवमा १५ जनालाई आधारभूत तालिम समेत दिईने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको एसोसिएसनले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement