आज हुने चेन्नाईविरुद्धको खेलमा मैदान उत्रने सन्दीपको सम्भावना उच्च

Advertisement

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा आज हुने चेन्नाई सुपर किंग्सविरुद्ध दिल्ली डेयर डेभिल्सको खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने खेल्ने सम्भावना उच्च रहेको छ । लिगको उपाधि होडबाट बाहिरीसकेको दिल्लीको १३औं खेलमा सन्दिपको खेल्ने सम्भावना उच्च रहेको हो ।

उनले आइपीएलमा दिल्लीको १२औं खेलमा डेब्यु गर्दै सानदार प्रदर्शन गरेका थिए । सन्दीपले गरेको ४ ओभरको बलिङमा २५ रन मात्र खर्चिएर टोलीलाई १ विकेट दिलाएका थिए ।

प्रतियोगितामा आठ खेलमा जित दर्ता गरेको चेन्नाई १६ अंकका साथ दोस्रो स्थानमा छ । आज दिल्लीविरुद्धको खेल पनि जित्न सके चेन्नाई प्रतियोगिताको शीर्ष दुईमा रहेन पक्का हुने छ । तर, दिल्लीका लागि भने यो खेल प्रतिष्ठाको लडाँई मात्र हुने छ । दिल्लीको १२ खेलबाट मात्र छ अंक रहेको छ ।

सुरुवाती ११ मा ४ जना मात्र विदेशी खेलाडी खेलाउन पाउने भएकाले सन्दीपलाई मैदान उत्रन मुस्किल भएपनि ब्याङलोरविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि भने सम्भावना बढेको छ ।

Advertisement

Advertisement

Advertisement