इटहरीमा टाटा मोटर्स कार मेला सुरु

Advertisement

काठमाडौंः टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका आधिकारिक बिक्रेता ग्लोबल अटो ट्रेडर्सको संयुक्त सहकार्यमा वार्षिक रुपमा आयोजना हुँदै आइरहेको टाटा मोटर्स कार मेला आजबाट ईटहरीको ओसन पार्कमा सुरु भएको छ ।

उक्त मेला मे १८, १९ र २० तारिखमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने कम्पनीले जनाएको छ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ ।

वार्षिक रुपमा आयोजना गरिने हुनाले ग्राहकहरु यो मेलाको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड लगायतका रहेका छन् ।

साथै, उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ । विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement