एनआइसी एसियाकोे घटमुना बजारमा शाखारहित बैंकिङ सेवा

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले बाजुराको घटमुना बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जेष्ठ ३ गते बाट संचालनमा ल्याएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले यसको शुक्रबार उदघाटन गरे ।

युके एड एक्सेस टु फाइनान्ससँगको सहकार्यमा बैंकले सेवा सुरु गरेको हो । शहरी तथा ग्रामीण क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाउँदै आएको एनआइसी एसियाको यो सातौं शाखारहित बैंकिङ सेवा हो । बैंकले स्थानीय प्रतिनिधिको रुपमा
घटाल ब्रह्रादेव जनरल स्टोरका प्रोप्राइटर कलकबहादुर रोकायालाई नियुक्त गरेको छ ।

इस सेवाबाट स्थानीयले आफ्नो गाउँमै निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाइल रिचार्ज गर्ने, उपयोगी सेवाः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होमको महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

एनआइसी एसियाले मुलुकभर २१२ शाखा, २०३ एटिएम, छ एक्स्टेन्सन काउण्टर, सात शाखारहित बैंकिङ सेवा विस्तार गरिसकेको छ । करिब ११ लाख ५० हजार ग्राहकहरु रहेको यो बैंक पछिल्लो समयमा आक्रामक बजार विस्तारमा छ ।

Advertisement

Advertisement

Advertisement